सन्दीप लामिछाने धराैटीमा रिहा (पूर्णपाठ)

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने धराैटीमा रिहा भएका छन् ।

उच्च अदालत पाटनले लामिछानेलाई रिहाइ गर्न आदेश दिएकाे हाे । बिहीबार उनकाे निवेदनमाथि सुनुवाइ भएकाे थियाे ।

सन्दीप नाबालिग बलात्कारको मुद्दामा पूर्पक्षको लागि थुनामा थिए । जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा अपिल गरेका थिए ।

गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले दुवै पक्षको बहसपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

यसअघि पुस १२ गते बलात्कार आरोपित पूर्वकप्तान लामिछानेबाट पीडित किशोरीको जन्मदर्ता प्रमाणपत्र झिकाउन जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आदेश दिएको थियो ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा गत असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

हेर्नुहोस् उच्च अदालतको पूर्ण पाठ :

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१