काठमाडौं । घनश्याम भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । नेकपा एमाले परित्याग गरेका भुसाल दिउँसो २ बजे एक कार्यक्रमका बिच एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्ने छन् ।
एमालेमा आन्तरिक विवाद चलिरहँदा उनी माधव नेपालको पक्षधरमा थिए । तर पार्टी विभाजन भएपछि उनी एमालेमा नै रहिआएका थिए । प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा उनलाई दलले टिकट नदिएपछि स्वतन्त्रबाट निर्वाचनमा होमिएका थिए । तर उनी एमालेका छबिलाल विश्वकर्मासँग पराजित भएका थिए ।
एकीकृत समाजवादीमा फर्किएका भूसालले कुन जिम्मेवारी पाउँछन् भन्ने खुलिसकेको छैन । यद्यपि पार्टीभित्र उनलाई महासचिव वा उपाध्यक्ष पद दिने विषयमा छलफल चलिरहेको एक नेताले बताए । हाल एकीकृत समाजवादीको महासचिव पदमा बेदुराम भुसाल छन् ।