• २०८३ असार ९
  • 2026 June 23, Tuesday

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

अधिकारीले आज दिउँसो १ बजे प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।

एमाले सांसद अधिकारी गत पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेका थिए।

अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र) का ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका थिए।

मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीको मन्त्रालय तय गर्ने योजनामा छन्।

गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भए पनि मन्त्रालयको टुङ्गो भने लाग्न सकेको छैन।

एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भएका छन्।