• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

उपायमा ६ करोडको लगानी

काठमाडौ । उपायले नेपाल इन्फ़्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट ६ करोडको लगानी पाउन सफल भएको छ।

ग्लोबल ईक्वीटी फन्ड, प्राईम लाईफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रचारित नेपाल इन्फ़्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड एक प्राईभेट ईकुईटि फन्ड हो।

उपाय २०१८ मा स्थापना भएको एक अग्रगामी लजिस्टिक्स कम्पनि हो जसले यो भन्दा अगाडी २०२१ मा डोल्मा ईम्प्याक्ट फन्डबाट रु १८ करोडको लगानी हासिल गरेको थियो। सो लगानी उपाय कम्पनीको बिस्तार साथै देशभर लजिस्टिक्स समाधानको स्थापना गर्नको निम्ति प्रयोग हुँदै आएको छ।

सोहि अनुरुप उपायले देशभर बजार एकीकरण, सञ्चालन र डेलिभरी सञ्चालन गरी लजिस्टिक्सका सबैपक्षहरूलाई एकीकृत गर्दै आएको छ। उपायका प्रबन्ध निर्देशक समुन रायमाझीले प्राप्त लगानी उपाय २.० को ब्यवसाय विस्तारमा प्रयोग गरि नेरयसले कम्पनीलाई नाफाको बाटोमा दोहोर्याउन सफल हुनेमा विस्वास ब्यक्त गरे । उपाय २.० विशेष रूपमा पुर्वाधार संरचना र प्रविधि विकासमा लक्षित रहने छ।

आफ्ना चालक र सवारी साझेदारहरु, फ़्रेञ्चाईज साझेदारहरु, व्यापारीक साझदोरहरु र गठबन्धन साझेदारहरुलाई समावेश गरि नेपालको सम्पर्णू ढुवानी क्षेत्रको उत्थान र विकासमा यो योजना कोशेढुंगा सावित हुने कम्पनिले जनाएको छ । उपाय २०१८ मा स्थापना भएको थियो ।