काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने भएको छ । यस विषयमा प्रधामन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी समेत गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको लोसपाले सरकारमा सहभागी हुनका लागि दुई वटा मन्त्रालय माग गरेको छ । तर लोसपालाई एउटा मन्त्रालय दिने सत्ता गठबन्धनको तयारी छ ।
सरकारमा जानुअघि लोसपाले सरकारसँग केही विषयमा सम्झौता गर्न चाहेको छ । त्यसमा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओली पनि तयार रहेको ती नेताको भनाइ छ ।
गठबन्धनमा मन्त्रालयको बारेमा टुङ्गो लागेपछि लोसपासँग सरकारले कुराकानी गर्ने बताइएको छ । लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरु सरकारमा जान तयार रहेको तर त्यसका लागि सरकार पनि तयार हुनुपर्ने बताए ।