• २०८३ असार ९
  • 2026 June 23, Tuesday

पाेखरा विमानस्थलमा ६८ जना सवार यति एअरलाइन्सकाे जहाज दुर्घटना

काठमाडाैं । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

कास्की प्रहरीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ । उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ ।

जहाजमा ६८ जना यात्रु सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।