काठमाडाैं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएकोमा दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।
दुर्घटनाप्रति दाहालले दुस्ख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् ।