• २०८३ असार ९
  • 2026 June 23, Tuesday

कर्णालीको सभामुख नन्दा गुरुङ

काठमाडौं । कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छिन् । प्रदेश सभा सभामुखकोआइतबार भएको निर्वाचनमा सुर्खेतकी गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् ।

गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३ र राप्रपा एक मत प्राप्त भएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे । पोखरेलले कांग्रेसको १३ र नेकपा एकीकृत समाजवादीको एक मत प्राप्त गरे ।

ज्येष्ठ सदस्य कांग्रेसका हिकमतबहादुर बिष्ट र एकजना स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही भने मतदान गरेनन् ।

सत्तारुढ गठबन्धनको केन्द्रीय सहमतिअनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले सुर्खेकी गुरुङलाई सभामुखको उमेदवार बनाएको हो ।

कर्णालीको दोस्रो सभामुख बनेकी गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।