• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

पोखरा जहाज दुर्घटनाप्रति अमेरिका र चीन राजदूतावासद्वारा दु:ख व्यक्त

काठमाडौं । पोखरामा भएको जहाज दुर्घटनाप्रति अमेरिका र चीन दूतावासले दु:ख व्यक्त गरेका छन्।

काठमाडौंस्थित अमेरिका र चीनका राजदूतावासले सामाजिक सञ्जालमार्फत् दु:ख व्यक्त गरेका हुन्।

अमेरिकी दूतावासले जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।