
कोलम्बियन गायिका शाकिराको गीतले युट्युबमा नयाँ रेकर्ड कायम गरेको छ । उनको गीत अपलोड भएको २४ घण्टामा ६३ मिलियन बढी भ्युज पाएर रेकर्ड राखेको हो ।
चार मिनेट लामो यो पप गीत शाकिराले अर्जेन्टिनी प्रोड्युसर तथा डिजे बिजार्यापसँग सहकार्य गरेकी छन् । उनीहरूको यो पहिलो सहकार्य हो ।
यो गीत बार्सिलोनाका फुटबल खेलाडी तथा उनका पूर्वपति जेरार्ड पिकेले धोका दिएको विषयमा बनाइएको छ । उनले गीतमा पिकेकी २३ वर्षीया प्रेमीकाको समेत कुरा गरेकी छन् ।