• २०८३ असार ९
  • 2026 June 23, Tuesday

चिनियाँ राजदूत सोङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । चीनका नवनियुक्त राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्। नेपालका लागि चिनिया राजदूत सोङले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।

भेटमा राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

साथै उनले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा चीन सधैँ साथमा रहने बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद व्यक्त गर्दै आफ्नो तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए।

राजदूत सोङले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए।