सेवालाई गुणस्तरीय बनाउँदै कर्णाली विकास बैंक

काठमाडाैं । ग्रामिण क्षेत्रका नागरिकहरुलाइ बैंक तथा वित्तिय सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना भएको कर्णाली विकास बैंक पश्चिम नेपालमा विश्वासिलो बैंक बन्दै गएको छ ।

नेपालगञ्जमा प्रधान कार्यालय भएको कर्णाली विकास बैंक हालसम्म १८ वटा शाखासहित अहिले पश्चिम नेपालको महत्वपूर्ण बैंक बनिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले जानकारी दिए ।

कर्णाली विकास बैंक लिमिटेडले स्थानीय जनशक्ति र पूँजी श्रोतको परिचालन गरी कृषि, व्यापार र उद्योग मार्फत ग्रामीण तथा सहरी अर्थतन्त्रको उत्थान गर्न सम्भाव्य उत्पादनको उत्पादकत्व स्थापना, विकास, विस्तार र सहजीकरण गर्दै स्थानिय तहमा रोजगारी समेत सृजना गरेपछि अहिले पश्चिम नेपालको विश्वासिलो बनेको छ ।

बैंकले देशभर छरिएर रहको पुँजी सञ्चित गरी वित्तिय सेवा प्रदान गर्दै आएको छ । साथै संस्थागत लगानी र स्वस्थ प्रतिस्पर्धामा अब्बल मानिएको कर्णाली विकास बैंकले अहिले नागरिकहरुमा बचतको बानी विकास गर्नेदेखि गाँउघरमा साना तथा घरेलु उद्योग स्थापनामा समेत योगदान गर्दै आएको छ ।

स्रोत साधनको अधिकतम प्रयोग गर्दै उत्पादनलाई बढाउने उद्देश्य लिएको बैैंकले स्थानीय उत्पादनलाई बजारीकरणमा समेत योगदान पुर्‍याउँदै आएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७