• २०८३ असार ९
  • 2026 June 23, Tuesday

मन्त्रालय भागबण्डा आजै टुंगिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा आजै टुंगिने बताएका छन्
प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार विहान लामो छलफलपछि उनले मन्त्रालय   भागबण्डा आजै टुंगिने बताएका हुन् ।
ओली निवास बालकोटबाट बाहिरिँदै गर्दा उनलाई पत्रकारहरुले ‘मन्त्रिपरिषदको भागवण्डा कहिले टुंगिन्छ’ भनेर सोधेका थिए । जवाफमा प्रचण्डले आजै टुंगिने बताएका थिए ।
‘सभामुख र राष्ट्रिपतिका विषयमा के हुन्छ’ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘विश्वासको मत दिन सबै पार्टीसँग भोलि छलफल छ ।’