• २०८३ असार ९
  • 2026 June 23, Tuesday

सरकारको पहिलो प्राथमिकतामा शिक्षा ऐन छ : शिक्षामन्त्री खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको पदभार तथा गोपनियताको सपथ गह्रण गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा खनाल शिक्षामन्त्री नियुक्त भएका हुन् ।

उनले पदभार ग्रहण पश्चात मन्त्रालयमा पुगी आफ्नो पहिलो काम शिक्षा ऐनमा सुभार ल्याउने बताएका छन् ।

काठमाडौं–६ बाट प्रत्यक्ष निर्वाचित खनाल सार्वजनिक नीतिशास्त्र पढेका, माध्यमिक शिक्षाको समस्यालाई नजिकबाट बुझेका र त्यसमै काम गरेर आएका व्यक्ति हुन् ।

‘टिच फर नेपाल’ नामक संस्थाका संस्थापक उनले २०७४ सालको निर्वाचनपछि तुलसीपुर महानगरपालिकामा शिक्षा सल्लाहकार भएर काम गरेका थिए । तत्कालीन मेयर घनश्याम पाण्डेको बुझाइमा नवनियुक्त शिक्षा मन्त्री खनाल शिक्षा क्षेत्रमा मुलुकले भोगिरहेको समस्याबारे राम्रो जानकारी राख्छन् ।