तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाइ दिएको छ ।

नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।

न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो ।

एक १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् ।

तीनै किशोरीले लगाएको आरोपमा नवलपुर अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय गरिसकेको छ ।

तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि शाह जेलमुक्त हुने छैनन् । शाह करिब एक वर्षयता थुनामा छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१