नेकपा (माओवादी केन्द्र) का उपमहासचिव पुनको कलेजो प्रत्यरोपण गरिँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को कलेजो प्रत्यारोपण गरिने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार सुमेरु सिटी अस्पतालमा भर्ना भएका थिए ।

लामो समयदेखि पुनको स्वास्थ्य हेरिरहेका पेटरोग विशेषज्ञ प्रा.डा. युवराज शर्माका अनुसार पुनको कलेजोले ८० प्रतिशतभन्दा बिग्रिसकेको छ । डा। शर्माको अनुसार अब पुनको कलेजो प्रत्योरोण नै गर्नुपर्ने हुन्छ ।

एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दकिशोर पुन लगायतका शीर्ष नेतासँग भेटघाट गरिसकेका छन् । प्रत्यारोपणको बारेमा परिवार, पार्टीका उच्च तहका नेतासँग छलफल भइसकेको छ । प्रत्यारोपण कहाँ गर्ने भन्ने बिषयमा छलफल भइरहेको डा. शर्मा जानकारी दिए ।

पुन यसभन्दा अगाडी चीनमा आफ्नो स्वास्थ्य उपचार गराइरहेका थिए । नेपालमा पनि कलेजो प्रत्यारोपण निरन्तर नभइरहेको र बाहिरबाट चिकित्सकको सहयोगमा भइरहेको छ ।

शर्माका अनुसार उनलाई विश्वमा बिरलै देखिने जटिल प्रकृतिको वंशाणुतग रूपमा रहेको जण्डिस देखिएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७