काठमाडौं । आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका ७१ जनाको शव भेटिएको छ भने १ जनाको शव अझै भेटिएको छैन् ।
७१ जनामध्ये ४८ जनाको शव काठमाडौं ल्याइएको छ। अरू शव पहिचान गरी पोखराबाटै आफन्तलाई बुझाइँदैछ।
काठमाडौंबाट ६८ यात्रु र चालकदलका चार सदस्य लिएर पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो।