काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग र नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् । चीनको २२औं राजदूतका रुपमा नेपाल आउनुभएका सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटघाट भएको हो।
भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना कालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ,सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताए ।
अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गरे । उनले चीन र नेपालबीच भएका उच्चस्तरीय भ्रमण र अन्य अवसरहरुमा भएका बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई), पारबहान लगायत सम्झौता कार्यन्वयन हुने विश्वास व्यक्त गरे ।