स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगञ्जबाट २ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगञ्जमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५०० र १००० दरका साढे २२ लाख रुपैयाँ नगद, मोबाइल र भारती नम्बरको स्कुटर बरामद गरेको छ ।

वीरगञ्जको घण्टाघर नजिकै शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई रोकेर सोधपुछ गर्दा रकम फेला परेको थियो ।

त्यो रकम हुण्डीको भएको आशंकामा उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१