
काठमाडौं । बेलायतको बीबीसी सञ्चारमाध्यमले एफए कप फुटबलको लाइभ गरिरहँदा ‘पोर्न’ अर्थात यौन चलचित्रको अडियो बजेपछि लाइभ अवरुद्ध भएको छ ।
मंगलबार राति लिभरपुलले उल्भ्सलाई १-० गोलअन्तरले पराजित गरेको खेलको लाइभ बीबीसीले गरिरहेको समयमा पोर्न फिल्मको आवाज पनि बाहिरिएको रोयटर्सले जनाएको छ ।
लाइभ सञ्चालन गरिरहेका ग्यारी लिन्करले फुटबल विश्लेषक एलन शियररसँग कुराकानी गरिरहेको समयमा पोर्न फिल्मको ठूलो आवाज केही समय आएको थियो ।
घटनालाई लिएर बीबीसीले भने एक विज्ञप्तिमार्फत माफी माग्दै घटनाको छानविन भइरहेको जनाएको छ ।