काठमाडाैं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्पूर्ण जीवनको तपस्याको परिणाम आफूले इसा अवार्ड पाउन लागेको भन्दै खुसी व्यक्त गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकारसंग कुरा गर्दै डा. रुइतले इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको र यो सम्पूर्ण जीवनको तपस्याको परिणाम भएको बताए ।
जिन्दगीमा धेरै अवरोधहरु सहेको र धरै सान्त्वना तथा पुरस्कार पनि पाएको भन्दै सवै कुराले आफूलाई अघि बढाउन प्रेरित गर्ने उनले बताए ।
उनले पुरस्कारले नेपालको आत्मसम्मानलाई पनि निकै माथि उठाएको जिकिर गरे । उनले नेपालको पहुँच नपुगेको स्थानमा पनि सेवा पुराउन प्रतिवद्ध भएर लागिरहेको जिकिर गरे ।
त्यस्तै, उनले सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने भन्दै उक्त पद आफ्ना लागि नभएको र आफूले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको तर्क गरे ।
एसियाको नोबेल मानिने म्यागासेसे पुरुस्कार पाएका विश्वविख्यात आँखा सर्जन डा. रूइतलाई बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्ड दिन लागिएको हो ।
पुरस्कारको राशी १० लाख डलर रहेको छ ।