
काठमाडाैं । नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् ।
बिहीबार भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुख निर्वाचित भएका हुन् ।
घिमिरेले १६७ मत पाए भने न्यौपानेले १०० मत पाइन् ।
प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।
घिमिरेलाई सभामुख बनाउन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।
घिमिरे झापा–२ बाट निर्वाचित भएका हुन् ।