यस्ताे छ उपसभामुख निर्वाचनको कार्यतालिका

काठमाडौं । सभामुखको निर्देशनपछि संसद् सचिवालयले बिहीबारै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जसमा माघ ६ गते शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निर्णायर्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१