• २०८३ जेठ २२
  • 2026 June 05, Friday

माओवादी उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

कलेजो प्रत्यारोपण भने गर्नुपर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।

सुमेर अस्पतालमा एक साता उपचार गरेपछि आज शुक्रबार अस्पतालले डिस्चार्ज गरेको उनको सचिवालयले जनाएको छ ।

अस्पतालबाट डिस्चार्च भए पनि चिकित्सकले उनलाई कलेजो प्रत्यारोपणको सल्लाह दिएका छन् ।

लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा। डा। युवराज शर्माले केही दिनअघि दिएको जानकारी अनुसार पुनको कलेजोको ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ ।

जन्डिस रोगबाट पीडित पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।