उर्जामन्त्री लिङ्देनले ८३ औं पटक गरे रक्तदान

काठमाडौ । राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले शनिबार गरेको रक्तदान संगै ८३ पटक रक्तदान गरेका छन् ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको रक्तदान कार्यक्रममा शनिबार उनले ८३ औं पटक रक्तदान गरेका हुन् ।

लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्दै आफूले पनि किशोर अवस्थादेखि रक्तदान गर्न थालेको र बाटोमा हिँड्दा हिँड्दै रक्तदान कार्यक्रम भएको देख्नासाथ कार्यक्रमस्थलमा प्रवेश गरेर कयौंपटक रक्तदान गरेको बताए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७