भारतीय राजदूतावासद्धारा ५ किमि लामो दौड प्रतियोगिता सम्पन्न

काठमाडौं । भारतीय राजदूतावासले पशुपति मन्दिर परिसरमा ५ किमि लामो दौडको कार्यक्रम सम्पन्न गरेको छ । वातावरण मैत्री लाईफ स्टाइल फर इन्भाइरोमेन्टाको अवधारणालाई प्रवर्धन गर्ने उद्देश्यले “आजादीका अमृत महोत्सव” अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

जलवायु परिवर्तन विरुद्ध व्यक्ति, परिवार तथा समुदायस्तरबाट भएका संयुक्त प्रयास एवम् योगदानलाई प्रवर्धन गर्न कार्यक्रम आयोजना गरिएको हो ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ अक्टोबरमा संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको उपस्थितिमा मिशन लाईफको शुरुवात गर्नुभएको हो ।

विश्वभरका मानिसलाई सरल एवम् वातावरण मैत्री जीवनशैली अपनाउन प्रोत्साहन गर्नु मिशन लाईफको उद्देश्य रहेको छ । नेपालका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डा देखाई दौड कार्यक्रमको शुभारभ्भ गरेका थिए ।

सौ दौडमा कलाकार प्रदिप खड्का, पर्वतारोहीद्वय पुर्णिमा श्रेष्ठ र कल्पना महर्जन र नेपालका प्रथम ‘आइरन म्यान’ उपाधी विजेता आलोक खत्री लगायत १००० जनाको सहभागिता थियो । दौड पूरा गर्ने शीर्ष पुरुष तथा महिला धावकलाई  मन्त्री किराती र राजदूत श्रीवास्तवले रिसाइकल गरि बनाइएको धातुबाट निर्मित लाईफ पदक तथा विरुवा प्रदान गरि सम्मान गरेका छन् ।

कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालका जनताले वातावरण मैत्री जीवनशैली अपनाई पृथ्वीलाई बचाउने कार्यमा हातेमालो गर्ने विश्वास व्यक्त गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७