• २०८३ असार २०
  • 2026 July 04, Saturday

मापदण्ड विपरितका विमान संचालनमा तत्काल रोक लगाउन स्वतन्त्र नेपाली नागरिक समुहको माग

  • २०७९ माघ ९, सोमबार १७:०६

काठमाडौं। स्वतन्त्र नेपाली नागरिक समुहले पुराना तथा मापदण्ड विपरितका विमान संचालनमा तत्काल रोक लगाउन माग गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीलाई ज्ञापनपत्र बुझाउँदै उक्त समुहले पुराना तथा मापदण्ड विपरितका विमान संचालनमा रोक लगाउन र त्यस्ता कम्पनीलाई तत्काल कारवाही गर्न माग गरेको हो।

मापदण्ड विपरितका जहाज दुर्घटनाको कारण बन्ने गरेको र धेरैको ज्यान गुमेकोले यथाशिघ्र संचालनमा रोक लगाउनुपर्ने विज्ञप्तिमा भनिएको छ।

  • २०७९ माघ ९, सोमबार १७:०६