क्रिकेटर अर्जुन साउद ‘फिक्सिङ’ प्रकरणमा संलग्न रहेको आशंका

काठमाडौं । ‘स्पट फिक्सिङ’ प्रकरणमा अर्को क्रिकेटर अर्जुन साउद तानिएका छन् ।

नेपाल ट्वान्टी–२० लिगअन्तर्गतका खेलमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा यसअघि दुई क्रिकेटर पक्राउ परिसकेका छन् ।

अहिले स्पट फिक्सिङमा नाम जोडिएका १९ वर्षीय साउद राष्ट्रिय टोलीका सदस्य समेत हुन् । उनले पछिल्लो समय राष्ट्रिय टोलीबाट ओपनिङ गर्दै आएका थिए । सुदूरपश्चिम प्रदेशका उनले नेपालबाट एकदिवसीय र ट्वान्टी–२० क्रिकेट खेलिसकेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७