सुकुमबासी व्यवस्थापनबारे छलफल गर्न काठमाडौंका मेयर बालेन गृहमन्त्रालयमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको छ । प्रमुख शाह सुकम्बासी बस्ती व्यवस्थापनका लागि छलफल गर्न गृह मन्त्रालय पुगेका थिए ।

गृहमन्त्री लामिछाने र प्रमुख शाहबीचको भेटवार्ता काठमाडौंको सुकुमबासी समस्या समाधान गर्नेतर्फ केन्द्रित रहेको जनाइएको छ ।

यसअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई थापाथलीको सुकुमबासी हटाउन सहयोग मागेको थियो । तर, गृह मन्त्रालयले विकल्पविना सहयोग गर्न नसक्ने जवाफ फर्काएपछि प्रमुख शाह गृहमन्त्री भेट्न पुगेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१