• २०८३ असार २१
  • 2026 July 05, Sunday

वेबसाइटमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा एक घण्टादेखि जहाज उडान ठप्प

काठमाडौं । अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा एक घण्टादेखि उडान बन्द भएको छ ।
अहिले विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत ५र६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताए ।