काठमाडौं । रवि लामिछानेको सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गदै माईतिघरमा प्रदर्शन भएको छ । शनिबार माइतीघरमा प्रदर्शन गरिएको हो ।
नागरिकतासम्बन्धी विवादमा रवि लामिछानेविरुद्ध अदालतले फैसला सुनाएको थियो । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज हुने फैसला गरेको थियो ।
सर्वोच्चको फैसलापछि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद र गृहमन्त्री पद पनि गुमाएका छन् ।