काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकापछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि शून्य पोलिथिन अभियान सुरु गरिएको छ।
पोलिथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र त्यहाँको वातावरणमा नकारात्मक असर परेको भन्दै नगरलाई सफा र स्वच्छ बनाउन अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ।
अबको ६ महिनासम्म सञ्चालन हुने यो अभियान ग्रीनरी नेपाल संस्थाले चलाउने छ भने लुम्बिनी सांस्कृतिक नगरपालिकाले आर्थिक सहयोग गर्नेछ। शून्य पोलिथिन अभियानको रुपन्देही क्षेत्र नं। ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले आईतबार शुभारम्भ गरेका हुन्।