
काठमाडौं । पाकिस्तानको एउटा मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा पनि २८ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको पेशावरमा मस्जिद भित्र भएको उक्त बम विस्पोटमा परि १५० भन्दा धेरै मानिस घाइते भएका छन् ।
उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ ।
पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए ।
पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा विस्फोटको बेला ३०० देखि ४०० जना प्रहरीहरु नै उपस्थित रहेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । मानिसहरु नमाज पढ्नका लागि भेला भएको बेला विस्फोट भएको हो ।