• २०८३ असार २०
  • 2026 July 04, Saturday

बञ्चरोले हानेर आमाको हत्या

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका ६ मा गएराति छोराले आमाको हत्या गरेका छन्। स्थानीय ४० वर्षीय श्रीराम थारुले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका हुन्।

वृद्धभत्ताको रकम माग्दा नदिएका कारण श्रीरामले आमा ७१ वर्षीया लगनी थरुनीलाई बञ्चरो प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। श्रीरामले लगनीको ढाड र खुट्टामा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएको थियो। नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लम्कीले मंगलवार बिहान नै जंगलबाट पक्राउ गरेको जनाएको छ। उनी पहिले पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ।