• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नेपाल हियरिङ स्पिच सेन्टरले माघ २० गते निःशुल्क कान उपचार गर्ने

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल हियरिङ एण्ड स्पिच केयर सेन्टर, इयर केयर नेपाल र श्रुति संस्थाले माघ २० गते निःशुल्क कान उपचार गरिदिने भएको छ ।

बिहान ११ बजेदेखि गरिब नेपाली नागरिकहरुलाई निःशुल्क गुणस्तरीय श्रवण यन्त्रहरु वितरण गर्ने पनि जनाइएको छ ।

विगतदेखि यस नेपाल हियरिङ स्पिच सेन्टरले नेपालको विभिन्न स्थानमा निःशुल्क कान उपचार र श्रवण यन्त्र वितरण गर्ने गरेको छ ।