ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गर्ने राप्रपा नेपालका उपाध्यक्ष लाक्पा पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिनिधिसभाका सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक ज्ञानेन्द्र शाहीको विरुद्धमा विरोध स्वरुप नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनले शाहीलाई बुझाउनको लागि भ्रष्टाचार सम्बन्धी उजुरी लिएका थिए । तर नबुझाई सिंहदरबारको दक्षिण गेटमै च्यातेर फालेका छन् ।

सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१