
काठमाडाैं । सेयर कारोबारमा गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन बजार परिसूचक नेप्से १५.७० अंकले घटेको हो ।
मंगलबार ५७ कम्पनीको सेयर बढ्दा १४८ कम्पनीको घटेको छ भने ११ वटाको उही मूल्यमा कारोबार भएको छ ।
आदर्श लघुवित्तका सेयरधनीले १० प्रतिशत अर्थात् १४४ रुपैयाँ प्रतिकित्ता आम्दानी गरे पनि अन्य सेयरधनीले कम मात्र कमाएका छन् ।
गुमाउने लगानीकर्ताले आज ५.२१ प्रतिशतसम्म गुमाएका छन् ।
मंगलबार काराेबार रकम पनि मात्र २ अर्ब ८२ करोडको भएकाे छ । जुन अघिल्लो दिनभन्दा कम हो ।