काठमाडाैं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने तयारी गरेको छ ।
त्यस विषयमा निर्णय लिन बिहीबार साँढे चार बजे बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय बसुन्धारामा बस्नेछ ।
पछिल्लो राजनीतिक घटनाक्रमम र सरकारमा सहभागिताबारे निर्णय लिन बैठक बोलाइएको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।
बैठकले सरकारबाट बाहिरिने निर्णय लिने सम्भावना प्रबल रहेको स्रोतको दाबी छ । रास्वपा सभापति लामिछाने स्वयंले पनि त्यसको संकेत गरिसकेका छन् ।
‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन,’ रविले फेसबूकमा लेखेका छन् ।