
पाल्पा । पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।
शनिबार बिहान सवा ९ बजे बगनासकाली गाउँपालिका-९ गुनठाँटीस्थित तानसेन-दर्लामाडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिएको हाे ।
स्कुटरमा सवार तानसेन नगरपालिका-१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
लु २ त ९८८४ नम्बरको ट्याक्टरले लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटरमा सवार उनीहरू दुई जना गम्भीर घाइते भएका थि ए।
घाइते रहेका उनीहरूको उपचारको लागि जिल्ला अस्पताल पाल्पा पठाइएको थियो ।
चिकित्सकले साढे १० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए । प्रहरीले ट्याक्टर चालक धादिङ रोराङ गाउँपालिका-९ बस्ने ३३ वर्षीय हरिलाल चेपाङलाई पक्राउ गरेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।