पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको निधन भएको छ।

पाकिस्तानी टेलिभिजन जियो न्युजका अनुसार ७९ वर्षीय मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको हो।

मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए।

उनी लामो समयदेखि बिरामी थिए। राजद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ पछिल्लो समय निर्वासनमा बस्दै आएका थिए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१