संसदमा ओलीकाे टिप्पणी : कांग्रेस पानीबाहिरको माछा जस्तै

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा जान नपाएर छटपटाइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले कांग्रेसमाथि यस्ताे टिप्पणी गरेका हुन् ।

पुस १० मा आफ्नो पहलमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेदेखि कांग्रेसमा छटपटी भएको उनले बताए ।

उनले कांग्रेसले संसदमा खेलेको भूमिकालाई विचित्रको संज्ञा पनि दिए । पुस २६ मा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र एमाले उम्मेदवारहरुविरुद्ध उम्मेदवार उठाएको प्रसंग जोडेर उनले यस्तो बताएका हुन् ।

उनले भने,’कांग्रेसले संसदमा खेलेको भूमिका विचित्रको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर एमालेविरुद्ध उम्मेदवारी दिन छाडेको छैन । अहिले कांग्रेसले आफूलाई न सत्तापक्ष न प्रतिपक्ष भन्न सकेको छ । कांग्रेस पानीबाहिरको माछा जस्तै भएको छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१