• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सरकारबाट बाहिरिने रास्वपाकाे निर्णय, सरकारलाई दिएकाे समर्थन कायम राख्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।

सरकारबाट बाहिरिने निर्णय लिए पनि सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ ।