मानव बेचबिखनको मुद्दा लागेका पाण्डेलाई ७ वर्ष कैद सजाय

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दा लागेका मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ।

मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेलाई ८ वर्ष अघि सौन्दर्यप्रतियोगिताकी सहभागी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो।

न्यायाधीश दीपक ढकालको इजलासले सात वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

न्यायाधीश ढकालको इजलासले मानववेचविखन ऐनको दफा ४ उपदफा २ को (ख) बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा १५ दफा १को९छ० ७ वर्ष कैद र पिडितलाई ७५ हजार क्षतिपूर्ति दिलाएको हो।

सरकारी वकिलले भने पाण्डेलाई १० देखि १२ वर्ष कैद सजाय र ५० हजारदेखि १ लाख रूपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

यसअघि बाल यौन दुर्व्यवहारमा जिल्ला अदालतले पाण्डेलाई ६ महिना कैद र पिडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेश गरको थियो।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१