माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।

बिहीबार बिहान कम्पनीको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये एक लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको र १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१