डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवलदार निलम्बनमा परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता पोशराज पोखरेलले कारबाही स्वरूप प्रहरी हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरिएको जानकारी दिए ।

उनले घटनाको अनुसन्धान भइरहेको पनि बताए ।

शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका डा. जनिथलाल सिंहमाथि लाठी चार्ज भएको थियो ।

सिंहले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा परिचय पत्र देखाउँदा पनि लाठी चार्ज भएको बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१