
काठमाडौं। नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छ ।
आइतबार प्रधानमन्त्रीको कार्यालयमा सरकारका पदाधिकारीसँग भएको वार्ताबाट चिकित्सक संघ आन्दोलन फिर्ता लिएर अस्पतालको सेवा सुचारु गर्न सहमत भएको हो ।
यसबारे केहीबेरमा औपचारिक जानकारी दिइने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको हो । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेको हो ।