६ बुँदे सहमतिपछि काममा फर्किए चिकित्सक

काठमाडाैं । आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ ।

आइतबार सिंहदरबारमा भएको छलफलका क्रममा वार्तामा चिकित्सक कुटिएको घटनाको छानविन गर्ने, दोषिलाई कारवाही गर्ने लगायतका ६ बुँदे सहमति भएको हो ।

सहमति पछि चिकित्सक संघले आन्दोलन स्थगित गरेको छ । यसअघि आन्दोलनका क्रममा चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेपछि देशभरका अस्पतालमा सेवा प्रभावित भएको छ ।

चिकित्सकलाई भएको कुटपिटको विरोधमा आइतबार देशभरका अस्पतालका ओपिडि सेवा ठप्प पारिएको हो ।

ओपिडि सेवा बन्द भएपछि उपचारका लागि सरकारी अस्पताल पुगेका बिरामीहरु समस्यामा परेका थिए । काठमाडौंको वीर अस्पताल अगाडी विरामीहरुले उपचारको माग गर्दै केहिबेर प्रदर्शन गरेका थिए ।

नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा क्रममा वीर अस्पताल अगाडी एक चिकित्सकमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै चिकित्सक संघले आइतबार एक दिन सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय लिएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१