प्रेम आचार्यका परिवारलाई बीमा कम्पनीले दियो ५० लाख बढी भुक्तानी

काठमाडाैं । प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले ५० लाख १२ हजार १ सय ९४ रुपैयाँ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाबापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो ।

नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा भोलिपल्ट बिहान मृत्यु भएको थियो ।

कम्पनीले दाबी भुक्तानीबापतको रकम मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टंक श्रेष्ठले बताए ।

आचार्यको निधन भएपछि उनको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१