गगनकाे दाबी : फागुन १० गते सात दलीय सत्ता गठबन्धन भत्किन्छ

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गते सात दलीय सत्ता गठबन्धन भत्किएर पुरानो ५ दलीय गठबन्धन ब्युँतने दाबी गरेका छन् ।

सोमबार रुपन्देहीको क्षेत्र नं. १ मा आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्तामा रहेको भन्दै राष्ट्रपति चुनावमा कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुने बताए ।

‘पुस १० गते बनेको अहिलेको ७ दलीय गठबन्धन फागुन १० गते भत्किएर चुनावअघिको ५ दलीय गठबन्धन ब्युतिन्छ’, महामन्त्री थापाले भने, ‘राष्ट्रपति चुनावमा पनि कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारले जित्छ ।’

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१