• २०८३ असार ११
  • 2026 June 25, Thursday

राष्ट्रियसभाकाे बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडाैं । संघीय संसद्अन्तर्गत मंगलबार राष्ट्रियसभाको बैठक बस्दै छ । दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीका अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने, दिगो विकास तथा सुशासन समितिले २०७८र७९ को प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद् बैठकबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने कार्यसूची रहेको छ ।